बारा -९ पुष बाराको सुवर्ण गाउँकार्यपालिका कार्यालयको निजी भवन निर्माणका लागी आज शिलान्यास गरिएकोछ।
सेवाग्राहीलाई प्रभाव नपर्ने गरी छिटो, छरितो आफ्नो भवन निर्माण गरी समयमा हरेक कुराको सेवा सुविधा जनक उपलब्ध गराउने उद्देश्यले सुवर्ण गाउँपालिका कवहि गोठ वाडा न २ मा ३ तल्लो गाउँपालिका कार्यालय भवनको सिलन्यास गरिएको छ। प्रदेश सांसद बच्चा प्रसाद यादव द्वारा गापा भवनको सिलन्यास गरिएको छ।
आठ करोडको लागतमा भवन निर्माण भैरहेको छ।
यस्तै १ तल्लो बिवाह भवनको शिलान्यास गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको करकमल बाट सिलन्यास गरिएको। ५६ लाखको लागतमा समुदायिक भवन केन्द्रीय बजेटबाट पालिका स्तरीय निर्माण भइरहेको गापा प्रमुख महेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।
उक्त अवसरमा बिशिष्ट अतिथि, नेपाली कांग्रेसका पुर्व साशद राम अयोध्या प्रसाद यादव, सुवर्ण गाउँ पालिका उपाध्यक्ष बबिता देवी यादव, प्रसाद यादव सुवर्ण गापा १देखी ८ सम्मका वाडा अध्यक्ष लगायतका उपस्थिति रहेका थिए,प्रमुख प्रशासकीय नवीन कुमार श्रीवास्तव , भवन निर्माण ईन्जिनियर सुनिल साह, अमित कुमार यादव र ओभरसियर राज कुमार पडित, लगाएत उपस्थित रहेको थियो ।


0 Comments