बारा - ९ - पुस - श्रीकान्त गुप्ता - आर्थिक अवस्था कमजोरका कारण बर्षौ दिन देखि आंखाको पीडा भोग्दै आएका वृद्ध वृद्धा र आम नागरिकको लागी बारागढी गाउँपालिकाले नि: शुल्क २ दिने आँखा चेक जाँच र मोतिया बिन्दु अप्रेसन गर्ने कार्यक्रम गरेका हुन । सो कार्यक्रमका उद्धाटण बारागढी गाउँपालिका अध्यक्ष देवदत बछार थारुले गरेकोछ।आफुले निर्वाचित भएको अढाई बर्षको कार्यकालमा जन हितको लागि राम्रो काम गरेको अध्यक्ष बछार थारुले कार्यक्रममा बताउनुभएकोछ ।सबै वडाको गाउँ गाउँमा सडक ढलान , नाला निर्माण , चौक चौराहामा सोलर बती जडान , बेरोजगारको लागि विभिन्न सीप मुलक कार्यक्रम , विभिन्न स्वास्थ शिबिर , जस्ता काम गरेको अध्यक्षले बताउनु भएकोछ ।
बारागढी गाउँपालिकामा बृद्ध बृद्धा , यूवा यूती बालबालिका , र विभिन्न उमेर बर्गका नागरिकलाई आर्थिक अवस्था र शारीरीक असमर्थका कारण बर्षौ दिन देखि आँखामा लागेका विभिन्न रोगको चेक जाँच गराउन नसकेका र आंखाको पीडा भोग्दै आएका असमर्थ नागरिकको लागी आँखा चेक जाँच र मोतिया बिन्दुको नि: शुल्क अप्रेसन गर्ने कार्यक्रम बारागढी गाउँपालिकाले गरेको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अमोद चौधरीले बताउनु भएकोछ।उहाँले भने आंखबाट पानी आउने , आंखाबाट अक्षर नदेखिने , आँखा रातो भएको , कुहिरो देखिने, मोतिया बिन्दु, आँखा पाकेको र आँखा सम्बन्धि विभिन्न रोगको समस्या झेल्दै आएको बारागढी बासीको लागी यो कार्यक्रम नि: शुल्क गरेको हो । गाउँपालिकाले गरेको आँखा चेक जाँच र मोतिया बिन्दु अप्रेसन कार्यक्रममा चेक जाँच गराएका बिरामीलाई औषधि समेत नि: शुल्क बितरण हुने प्रशासकीय अधिकृत चौधरीले बताउनु भएकोछ।
आँखा चेक जाँच र मोतिया बिन्दु नि : शुल्क अप्रेसबाट गाउँपालिकाका विभिन्न उमेर बर्ग नागरिकले खुसी भएका छ्न ।उनीहरुले गाउँपालिकाकासम्पूर्ण जनप्रतिनिधि क्रमचरीरुलाई धन्यवाद दिएका छ्न ४ साल देखि पैसाको अभावमा आफुले चेक जाँच गराउन नसकेका र असमर्थ शरीर बिरगंज कलैया जान अवस्था नरहेकाले आज गाउँपालिकामा आँखा चेक गराएपछि आफू भित्री खुसी भएको ५५ बर्षीय बृद्धा बताएकोछ।
कार्यक्रमा उपाध्यक्ष लक्ष्मी राय देबी , वडा अध्यक्ष रामकृपाल चौधरी , सम्पूर्ण वडा अध्यक्षहरु , क्रमचरी , प्रहरी प्रशासन , पत्रकार , समाजसेबी , लगाएत उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालक ओमप्रकाश चौधरी गर्नुभएको थियो ।





0 Comments