बारा-१० मंसिर - बर्ष देखि दु: ख पीडा झेल्दै आएका शस्त्र प्रहरी बललाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । महागढीमाई नगरपालिका वडा नं २ मा महागढिमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख अथितिमा सुरक्षा बेस क्याम्प भवनको उदघाटन गरी सांचो सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति रबिन राज कर्ण जितलाई हस्तान्तरणगर्नु भएको हो ।
नगरपालिकाको २८ लाख आर्थिक सहयोगमा नवनिर्मित भवनमा पांच कोठा , ग्यारेज रुम , तीन वटा शौचालय तीन वटा पोष्ट रहेका छन । शस्त्र प्रहरी बेस क्याम्पको भवन अभावमा जवानले धेरै दिन देखि दु: ख भोग्दै आएको हुनाले सर्बजनिक जग्गामा नवनिर्मित भवन बेस क्याम्पको भवन निर्माण गरि बेस क्याम्पको नाममा दर्ता गरेको नगरप्रमुखले बताउनु भएकोछ । शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको भुमिका पनि सराहनीय रहेको बताउनु भयो । गढीमाई मन्दिर , पसाहा चेक प्वाइन्ट , हुलाकी राजमार्गमा हुने क्रियाकलापमा सेवा पुग्न सक्ने हिसाबले बेस क्याम्पको स्थापना गरिएको यादवले बताए ।