बारा -१६ मंसिर- (श्रीकान्त गुप्ता ) प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा न १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागी शिलान्यास गरेका हुन ।संघिय सरकारले १५ गते देशैभरका प्रदेश तथा प्रत्येक स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम अन्तरगत प्रदेश दुई सरकारले बाराको झिटकैयामा सरुवा रोग अस्पतालको शिलान्यास गरेकाछ्न । सरुवा रोग अस्पताल निर्माण पछि बारा बासिलाई विभिन्न रोजगारीको अवसर शृजना हुन्छ । औषधी फर्मेसी , चिया पसल , नास्ता खाजा पसल लगाएत अन्य ब्यवसायी गर्न र गाडको रुपमा काम गर्न असवर पाउने प्रदेश नं २ का मन्त्रीको लालबाबु राउत गदीले बताएका छ्न ।उहाँ भने कोरोना भाइरस कोभिड जस्ता महामारी रोग लागेमा काठमाडौंको टेकु अस्पताल सम्म पुग्न प्रदेश नं २ का जनतालाई सास्ती खेप्नु परेको थियो । आज सरुवा रोग नियन्त्रण अस्पताल प्रदेश नं २ को गौरबको योजनाको रुपमा रहने र यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने मुख्यमन्त्री राउतले बताए ।
त्यस्तै बाराका विभिन्न स्थानीय तह जस्तै करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, प्रसैनी गाउँपालिका र विश्रामपुर गाउँपालिकामा पनि १० शैया को आधारभूत अस्पतालको शिलान्यास भएका छन् ।सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको हो