बारा - २१ -कार्तिक - बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य र निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यले दिपावली र छठ पर्बको अवसरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आ.व.मा बिकास गरेका कामहरुको प्रस्तुत गरेका छन् ।संसदीय बिकास कोष तथा क्षेत्र बिकास कार्यक्रमका बिषयमा सरोकार वाला तथा पत्रकारहरु समक्ष प्रगति विवरण प्रस्तुत गरेका हुन
प्रतिनिधि सभा सदस्य रामबाबु यादबले गत आ.व २०७६/०७७ मा आफ्नो निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न ठाउँमा ६ करोड रुपैयाको आफुले बिकास गरेको कार्यक्रममा बताउनु भएकोछ । नाला निर्माण , सडक ढलान , कालो पत्र कल्भट , ग्रेबल , बिधालय भवन लगाएत बिकास गरेको बताउनु भएकोछ ।संघीय सरकारले क्षेत्रको विकासको लागि उपलब्ध गराएको ६ करोड रकम थोरै भएको भन्दै एक अर्ब दिनु पर्ने माग गरेका हुन ६ करोड बजेट थोरै भएका कारणले आफूहरु जनताबाट गाली खाने अवस्थामा पुगेको गुनासो उनले पत्रकार सम्मेलनमा गर्नु भएकोछ । क्षेत्र लामो भएकोले सबै ठाउँमा ६ करोडले पुगिरहेको छैन ।संंंंघीय सरकारलाई ध्यान दिनु पर्छ।
प्रदेश सभा सदस्य पारस साहले आफ्नो निर्वाचन क्षेत्रमा ३ करोडको बिभिन्न कामहरु गरेको सो पत्रकार सम्मेलनमा जानकारी गराएका छन । पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पारसप्रसाद साहले प्रदेश सरकारबाट संसदीय तथा निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त तीन करोड रकमले पनि क्षेत्रको विकास गर्नमा धेरै समस्या भएको गुनासो गरे का हुन । तीन करोडबाट क्षेत्रको सबै गाउँ टोलमा सधारण नाला , ग्रेबल , ढलान गर्न पनि धवधव परेका हुन्छ । कुनै ठाउँमा बजेट अपूर्णका कारण जनताबाट गाली खानु परेको अवस्थ रहेकोछ ।
जसपाका प्रदेश कमिटि सदस्य सुशिल यादवको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रतिनिधि सभा सदस्य यादवको स्वकिय सचिव कमलेश मंडलले गरेको प्रदेश सभा सदस्य साहको स्वकिय सचिव सुजित पांडेले जानकारी गराएका छन ।


0 Comments