बारा - २४ असोज - चितवनमा दुर्घटनामा परि बारा वरियारपुर स्थित माविका अध्यक्ष सहित चार जना घाईते भएका छन ।दुर्घटनामा परि गढीमाई नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप प्रकाश गुप्ता सहित चार जना घाईते भएका हुन ।

बिहान करिब ५ बजे समयमा अध्यक्ष गुप्ता सहित चढेको कारलाई ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो। प्याज लोड गरेर काठमाण्डौं जादै गरेको ना ६ ख २३७५ नम्बरको ट्रकले प्रदेश नं ३– ०१–२२ च ३९७१ नम्बरको कारलाई राप्ती नगरपालिकाको भण्डारा चौकमा पछाडीबाट ठकर दिदां कारमा सवार अध्यक्ष गुप्ता सहित चार जना समान्य घाइते भएका छ्न ।

समान्य घाइते भएका गुप्ता सहितको नदिप पोलिकिल्निक प्रालि उपचार भएको इलाका प्रहरी कार्यालय भण्डारले जनाएको छ । बिधालयको कामको शिलशिलामा काठमाण्डौं जाने क्रममा उनीहरुको कार दुर्घटनामा परेको हो।