बारा -१५ कार्तिक- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका वडा नं - १ कार्यालयले गरेको आयोजनामा श्री गढीमाई नमुना प्राबिधिक बिधालयमा सुदामा साह कानुको अध्यक्षतामा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले प्रमुख अथितिमा एक दिने नि: शुल्क स्वास्थ शिबिरको उद्घाटन गरिएकोछ।
कोरोना भाइरस कोभिड नियन्त्रणको लागी सरकारले लगाएको लकडाकका कारण आम नागरिकमा आर्थिक समस्या बुझेर आंखा कान, नाक , घाँटी , दात महिला बिशेष रोग सम्बन्धि चेक जाँच गर्न नि: शुल्क स्वास्थ्य शिबिर संचालन गरिएको नगरप्रमुख यादवले कार्यक्रमको उद्घाटन गर्दै यो कुरा बताउनु भएकोछ ।उहाँले भने नव शिशु , बालबालिका , यूवा यूती , वृद्ध , बृद्धा लगाएत उमेरका ब्यक्तिहरुले नि: शुल्कमा चेक जांच गराउन सकिन्छ । महागढीमाई नगपालिकाको हरेक वडाहरुमा नि: शुल्क स्वास्थ शिबिर संचाल हुने बताउनु भएकोछ ।
एक दिने नि: शुल्क स्वास्थ्य शिबिरमा विशेषज्ञ डाक्टरहरुबाट ३०० भन्दा बढी रोगीको चेक जाँच भएकोछ । महिला विशेषज्ञ डा. अस्मिता उपाध्यया ,बालबालिका तथा शिशु रोग विशेषज्ञ डा.श्यामबाबू साह , दात रोग विशेषज्ञ डा. रेयाजुल साह , डा.आकाश गुप्ताले नि: शुल्क स्वास्थ शिबिरमा चेक जाँच गरेको महागढीमाई नगरपालिका वडा नं १ अध्यक्ष सुदामा साह कानुले बताउनु भएकोछ ।शिबिरमा रुघा खोखी , झाडा पखाला , ज्वरो , निमुनी , हाडजोर्नी ,पेट , लगाएतमा लागेको रोगको चेक जाँच भएको वडा अध्यक्ष साह कानुले बताउनु भएकोछ । वडाका सम्पूर्ण स्थानीय बासीको आर्थिक समस्या र बृद्धबृद्धाले बाहिर जान नसक्ने अवस्था बुझेर यो शिबिर संचालन गरिएको अध्यक्षले बताउनु भएकोछ ।
स्वास्थ नि: शुल्क शिबिर कार्यक्रममा श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयका अध्यक्ष दिप प्रकाश गुप्ता , उपेन्द्र गुप्ता , गढीमाई पुजारी शिव चौधरी , रामबाबु साह , सत्यनारायण साह , संंतोष साह, बैजनाथ महतो ,प्रहरी प्रशासन , शस्त्र प्रहरी लगाएत उपस्तिथि भएको थियो । कार्यक्रम कोडिनेटर फ्रेन्डस फार्मेसी , दिपक साह कानु कार्यक्रममा सहयोग भोला साह कानुले गर्नु भएको थियो ।




0 Comments