बारा - बाराको सुवर्ण गाउँपालिका कार्यालयमा घेरा बनाइ कुट पिट गरेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको अधारमा जिल्ला प्रहरी कार्यालयमा दुबै पक्ष बिच छलफल गराइ घर फर्काएको थियो ।
गत हप्ता  सूचनाको बिषय लिएर सुवर्ण गाउँपालीका वडा नं ५ मा बस्ने विनोद यादवले गाउँपालीका अध्यक्ष महेन्द्र प्रसाद यादव, वडा नं २ का वडा अध्यक्ष रन्जीत प्रसाद यादव लगायतले कुटपिट घटना गराएको बारे जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी अधारमा दुबै पक्ष बिच छलफल गराइ फर्काउनु भएको थियो।छलफलमा कार्यालय भित्री विभिन्न बहानामा हुहल्ला गरेको  बिनोद पक्षको ब्यक्तिहरुले  माफी मागेका थिए ।छलफलमा गाउँपालिका कार्यालयमा  हुहल्ला गरेको दोषीलाई नगद जरिवाना गराएका थिएन । फेसबुक समाजिक संजालमा आएका कुरा असत्य रहेकोछ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपनिरिक्षक गौतम मिश्राले जानकारी गराउनु भएकोछ ।