बारा- ३ - असोज- श्रीकान्ता गुप्ता - बाराको बारागढी गाउँपालिकाले आज संबिधान दिवस मनाउदै सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ।

बारागढी गाउँपालिका कार्यालयमा राष्ट्रिय झण्डा फहराई राष्ट्रिय गानका साथा र सहिद प्रती मन धारण गर्दै संविधान दिवस मनाइएकोछ। संबिधान दिवसको अवसरमा गाउँपालिका कार्यालयबाट वडा नं ३ को बजार सम्म जनप्रतिनिधि , क्रमचारी र , प्रहरीले हाथमा झाडु लिएर सडकलाई सफा गर्दै बजार सम्म पुगेको थियो । गाउँपालिका भित्री जाथाभाबी दिशा पेसाब , नगरौँ चर्फीको प्रयोग गरौँ र फोहर मैला नगरौं माइकिङ्ग गर्दै सरसफाई गरेको हो । गाउँपालिकाको हरेक वडामा कल्ब द्वारा हरेक हप्ता बर्ष भरी सरसफाइ गर्ने बारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले जनकारी गराएकोछ । 


त्यस्तै बाराको हरेक स्थानीय तहमा कोरोना भाइरसका कारण सिमित जनप्रतिनिधि , कर्मचारीको उपस्थितिमा संविधान दिवस मनाएको हो ।  आज राती बारामा उपमहानगर नगरपालिका ,नगरपालिका र गाउँपालिका कार्यालयमा दिपावली मनाउने जनप्रतिनिधिहरुले जनकारी गराएका छ्न । बाराको अधिकांश ठाउँमा आज राती दिपावली मनाउने स्थानीयले जनकारी गराएका छ्न । तर संविधान प्रती मधेसी दलका नेता कार्यकार्ताहरुले अशंतुस्ट जनाएकोछ।