बारा - १८ भदै - श्रीकान्त गुप्ता - सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा बारामा महिला पुरुष तथा बाल बालिका गरी ५४ ले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा अनुसार बितेको छव महिना अवधिमा १४ जना पुरुष १५ जना महिला ११ जना बालक र १६ जना बालिका आत्महत्या गरेको हो । जिल्ला प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ५१ जनाले आत्महत्या गरेका छन् । ‘लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले आत्महात्या गरेका जिल्ला प्रहरी कार्यालय बाराका उपनिरिक्षक गौतम मिश्राले जनाएका छ्न ।
बर्तमान सरकारको कार्यकाल तीन साल बित्न लाग्दा पनि सरकारले देशमा बेरोजगारीको समस्या समाधान गर्न सकेका छैन ।दुई तिहाइ बहुमतको सरकार भए पनि देशमा सरकारले रोजगारीको बाताबरण शृजना गर्न नसकेकाले आर्थिक समस्याले लकडाउमा आत्मा हत्या बढेको हो ।सरकारले जनतालाई सेवा गर्नुको सट्टा आफ्नै स्वार्थ र ताम झाममा कार्यकाल बिताउदै जादां यता देशमा विभिन्न आर्थिक समस्याले घरमा कलहल उत्पन्न भएर महिला पुरुष विष सेवन र झुण्डिएर आत्महत्या गरेको हो कति यूवाले काम नपाउदा दिन भरी जुवा तास खेल्दै गरेका छ्न । भने बिदेशबाट फर्केका यूवा स्वदेशमा कामको खोजीमा सरकारलाई गुहारदैछ।
देशमा रोजगारीको बाताबरण समयमा सृजना गर्न सक्नु नभएमा देश ठूलो संकटमा पुग्न सक्छ । यूवा र युवती देश ठूलो सम्पती हो ।

0 Comments