११ भादौ- श्रीकान्त गुप्ता - बारामा मोटरसाइकल दुर्घटनाबाट एक जना ३५ बर्षिय यूवाको मृत्यु भएकोछ।
रौतहटबाट कलैया आउदै गरेको ना ६१प ६६४० नम्बर को मोटरसाइकल महागढीमाई नगरपालिका वडा न २ बरियारपुर भुतही पुलमा मोटरसाइकल अनियंत्रित भै दुर्घटना भएको हो दुर्घटनामा पर्ने जिल्ला रौतहट बौधिमाई गाउँपालिका वडा नं ३ मा बस्ने ३५ वर्षीय सुरेश पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटना स्थलबाट उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा उपनिरिक्षक गौतम मिश्राले बताउनु भएकोछ।