बारा - १२ सावन - कोरोना भाईरस संक्रमणबाट बच्नका लागि बारा प्रहरीले सचेतनामुलक कार्यक्रम गर्नुका साथै माक्स वितरण गरेको छ ।
समुदायिक प्रहरी जिल्ला कार्यसमिति बाराको आयोजनामा सोमबार कलैया भरत चौकमा सम्पन्न कार्यक्रममा भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै माक्स वितरण गरिएको हो ।पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय बाराले चोक-चोकमा सर्वसाधारणलाई कोरोनाबाट सचेत गराउनुको साथै माक्स बितरण गरेकोछ । सकडमा बिना माक्स लगाई मोटरसाईकल, साईकल र पैदल हिडने सयौ जनाभन्दा बढीलाई माक्स प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ ।

जिल्लामा संक्रमितको संख्या कम नभएकोले सबैलाई अनिवार्य रुपमा मास्क लगाउने बानी बसाल्नका लागी कार्यक्रम गरिएको बाराका प्रवक्ता गौतम मिश्रल जानकारी दिए ।