बारा - २० असार - जिल्ला प्रहरी कार्यालय बाराले मास्क प्रयोग नगर्ने १२८ जनालाई नियन्त्रणमा लिई जरिवाना गरिएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन एवं न्यूनिकरण गर्नको लागि जिल्ला विपद ब्यवस्थापन समिति बारा को निर्णय अनुसार असार १६ देखि १८ गते सम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरि जिल्ला प्रहरी कार्यालय बाराले आज १२८ जनालाई नियन्त्रणमा लिई प्रती एक सय जरिवाना लिइएको छ ।

बारामा अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्री समेत १२८ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बाराले जरिवाना गराएको जिल्ला प्रहरी बाराले जनाएकोछ।