बारा - ४ असार श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकामा समाजिक दुरी काय गरि बिधालयमा बिद्यार्थीहरुलाई पुस्तक बितरण गरेकोछ।
चालू आर्थिक बर्षमा शैक्षिक क्षेत्र संचालनको लागि बारागढी गाउँपालिकामा प्राथमिक नि. मा गरि १६ वटा बिधालयहरुमा समाजिक दुरी कायम गरि बिद्यार्थीमा निशुल्क पाठय पुस्तक बितरण गरिएकोछ। कक्षा १ देखि कक्षा १० सम्म ५ हजार भन्दा बढी बिद्यार्थीहरु रहेकोेछ। छात्रा २७ सय र छात्र २२ भन्दा बढी बिद्यार्थीहरुमा निशुल्क पाठय पुस्तक बितरण भइसकेकोछ। गत बर्ष भन्दा चालु बर्षमा बढी बिद्यार्थीहरुले सामुदायिक बिधालयमा भर्ना गराएका छ्न। निजी बिधालय छोडेर बिद्यार्थीहरु भर्ना गराइरहेको छ। कोरोना भाइरसको कारणले सरकारले लगाएको लकडाउन आढाइ महिना देखि बिधालय बन्द भएको कारणले सरकारको निर्णय अनुसार समाजिक दुरी कायम राखी पाठय पुस्तक बितरण गरि रेडियो टेलिभिजन मार्फ कक्षा संचालन हुँदै गरेको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अमोद चौधरीले जानकारी गराउनु भएकोछ।
बिद्यार्थीहरुले कक्षा उर्तिण गरेर नयाँ कक्षाका पाठय पुस्तक पाएपछि हर्सित भएकाछ्न ।कोरोना भाइरस कोभिडले बिधालय बन्द रहेको कारणले नयाँ कक्षाका पाठय पुस्तक नहुँदा दिन भरी खेल्मै समय बितदै थियो । तर पाठय पुस्तक पाएपछि घर बसेर पढ्ने बिद्यार्थीले बताउछ। उनले भने बिधालयले समाजिक दुरी कायम गरि पाठय पुस्तक बितरण गर्नु भयो समाजिक दुरी काय गरि कक्षा संचालन भएमा पढन पनि आउने बारागढी गाउँपालिका बिद्यार्थीहरुले बताउनु भएकोछ।
२ महिना देखि कोरोना भाइरसले बिधालय बन्द भएको रहेछ। अहिले पनि सरकारले एक मिटरको दुरी कायम गरि बिधालयमा पठन पाठन संचालन गर्दा बालबाकिकाले एक मिटरको दुरी कायम राख्न सक्दैन ।जसकारण शिक्षक , बिद्यार्थी , र अभिवावकमा कोरोना सर्न जोखिम बढी हुन्छ । बिधालयमा भौतिक कक्षा कोठाको अभाव, शिक्षकको अभाव जस्ता सम्स्या आउने शिक्षक रामनाथ दास बताउनु भयो ।
देशमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गएकोछ। सरकारले बिधालय संचालनमा ल्याउदा देशमा कोरोना भाइरसको संकट अझ बढने गर्छ।


0 Comments