बारा - आइतबार देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन्। कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका मालपोत कार्यालय आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्रचार गरेको हो ।
साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन्। जसका कारण जनताहरु समस्यामा परेका हुँदा विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न अभिलेख बिभागले जनाएकोछ।

0 Comments