काठमाडौं २७ - बैशाख - अधिवक्ता गणेश विष्टले ४० जना मजदुर र कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । आर्टअप लिभिङको सहयोग र हाम्रो कालापानी डटकम अनलाइनको सहकार्यमा अधिवक्ता गणेश बिष्ट र दान शिह विस्ट्ले अफ्ठ्यारोमा परेका मजदुरहरुलाई राहत वितरण गरेका हुन् ।
अधिवक्ता विष्टले आफनो २५ बैबाहिक वर्षगाँठको अवसर पारेर मजदुर तथा पढाइको सिलसिलामा काठमाडौमा डेरा लिएर बस्ने विद्यार्थीहरुलाई लक्षित गरी राहत वितरण गर्न लागेको वताए । उनले भने, आफुले मात्र रमाइलो गरेर के गर्ने, कतिले खान लाउन पाएका छैनन् । कतिको चुलो जलेको छैन ।
सरकारले राहत वितरण गरे भन्छ,तर वास्तवीक पिडितहरु सम्म राहत पुगिरहेको छैन । आफुले सक्ने जतिलाई राहत दिन पाउँदा साह्ै खुसि लागिरहेको छ ।
उनले राहत वितरण गर्न जाँदा अफ्ठ्यारो नहोस भन्दै कालापानी डटकम अनलाइनका संचारकर्मीकै रोहोवरमा शनिवार मजदुरहरुका घर घरमा राहत पु¥याएका हुन् । कृतिपुरमा डेरा लिएर बस्ने १० जना विद्यार्थी, प्राइम टाइम्स टेलिभिजनका सात जना कर्मचारी, सडकमा मकै पोलेर जिवोकोपार्जन गर्ने तर यतिवेला त्यसबाट पनि बञ्चित भएर दैनिकी चलाउन द्यौ द्यौ परेका ३ जना तथा अन्य मजदुर गरी ४० जनालाई चामल, दाल, चाउचाउ, तेल, नुन, चिनी र सावुन वितरण गरेका छन् । उनले वितरण गरेको राहतत पाएर मजदुर तथा विद्यार्थीहरु पनि हर्षित भएका छन् ।


0 Comments