बारा -१६ जेष्ठ- कलैया अस्पतालमा रहेका सबै संक्रमितहरुलाई गङ्गापुर स्थित शैक्षिक तालिम केन्द्रमा सारे पछि कलैया अस्पतालमा सेनिटाईजिङ्ग गरिएकोछ। 
कोरोना अस्पताल कलैया उपमहानगरपालिका वडा नं ३ गंगापुर शिक्षा तालिम केन्द्रमा सारेपछि कलैया अस्पतालमा सेनिटाईजिङ्ग गरिएको हो । प्रदेश सरकारले घना बस्तीको बिचमा भएको कलैया अस्पताललाई कोरोना अस्पताल बनाउनु भएको थियो। नेपाली कांग्रेस र विभिन्न राजनिति दलको बिरोध प्रदर्शनले कलैया अस्पताललाई जर्नल अस्पताल बनाएपछि स्थानीयहरुमा खुसी छाएको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले बताउनु भएकोछ। उहाँले भने कलैया अस्पतालमा सेनिटाइज भएपछि अब कलैया अस्पतालमा चाँडै ओपिडी सेवा , खोप , बिरामी चेक जांच सुरु हुने बताउनु भएकोछ।