बारा-११ जेष्ठ- श्रीकान्त गुप्ता - लम्बिदै गएको लकडाउनका कारण महागढीमाई नगरपालिकाका मजदुरलाई काम नपाउंदा समस्या भएपछि नगरपालिकाले मजदुरलाई काममा लगाइएकोछ।
दैनिक ज्याला मजदुरी गरी जिबिको पार्जन गर्दै आएका महागढीमाई नगरपालिकाका मजदुरहरुलाई लकडाउनका कारण काम नपाउंदा घर चलाउन समस्यामा भएपछि नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालन गरि मजदुरहरुलाई रोजगारी दिनु भएकोछ। प्रधानमन्त्री स्वरोजगार बृक्षरोपन कार्यक्रममा नगरपालिकाको वडा नं २ को ५० जना मजदुरलाई काममा लगाइएकोछ। नगरपालिकाको वड नं १ देखि वडा नं ८ बाजोपटी सम्म ८ किलो मिटर हुलाकी सडकको छेउ छाउमा ४ हजार बृक्ष रोपान गराउने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।

लकडाउनमा काम नपाउंदा घरमा समस्य भएपछि नगरपालिकाले बृक्षरोपनको काममा लगाउनु भएकोछ। आफ्नो घर परिवार चलाउन सहज भएको मजदुरले गरिब पुकार डट कमलाई जनकारी गराउनु भएकोछ। उनले भने सरकारले राहत हामीलाई नदिएमा पनि  हुन्छ । तर लकडाउनमा काम गर्न बाताबरण सहज बनाइ दिनु सरकारसंग मजदुरहरुले आग्रह गरे ।

जिल्लाको हरेक स्थानीय सरकारले समाजिक दुरी कायम राखी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालमा ल्याइ गरिब बिपन्न परिवारलाई काममा लगाउनु अवस्यक देखिन्छ।