बारा - ४ जेष्ठ श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकाका अभिभावक, बुद्धिजिवि र प्रहरी प्रशासनको सहयोगमा युवाहरुले यूवा टोल सुधार समितिको गठन गरी समाज सुधारमा लाग्नु परेकोछ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) लाई नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन बारागढी गाउँपालिका वडा नं ५ चरवन्त पथरामा लकडाउन प्रभावकारी नदेखिदा युवाहरुले यूवा टोल सुधार समिति गठन गरी लकडाउनमा थप कडाइ गरेकोछ । कोरोना भाइरस फैलन नदिन उदेश्यले बारागढी गाउँपालिकाको वडा नं ५ मा अनावश्यक ,सवारी साधन ,अपरिचित ब्यक्तिलाई प्रवेश गर्नेमा रोक लगाइएको बारागढी गाउँपालिका प्रमुख प्रशासकिय अमोध चौधरीले गरिब पुकार डट कमलाई जनकारी गराउनु भएकोछ। उहाँले भने गाउँ टोलमा प्रबेश गर्न मुख्य बाटोलाई बांसले अवरोध गरिएकोछ । बाहिरबाट आएको ब्यक्तिलाई सम्झाएर क्वराइनटाइनमा राख्ने र उनीहरुको निगरानी यूवा टोल सुधार समितिले गरिरहेकोछ। जथाभावी रक्सी पसल , जथाभावी दिशा पेसाब , कार्यमा पनि निगरानी गरिएको प्रशासकिय चौधरीले जनकारी गराउनु भएकोछ।
गाउँ टोलमा भएको फोहर मैला , सडक छेउछाउ रहेका गोबर, नाद, सडकमा गाई भैंसी बाँध्न नदिने, छाडा पशुपन्छीलाई व्यवस्थापन गर्ने, जस्ता कार्यमा समितिले लाग्नु भएको अनिल कुमार बनियाले जनकारी गराएकोछ। त्यसैगरी लकडाउनमा घरबाहिर रक्सी दारु खाने कार्य पूर्ण रुपमा बन्द गराएको समितिले जनाएकोछ।
हरेक स्थानीय तहमा यूवहरु सकृय भएमा देशको मुखार नै फेरिन्छ।



0 Comments