बारा - बारा - ३१ - श्रीकान्त गुप्ता - स्वास्थ्य मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तीमा बाराको एक जना १४ बर्षीय बालकमा कोरोना पोजेटिभ भेटिए पछि संक्रमित क्षेत्रलाई सिल गरेकोछ ।

कोरोना पोजेटिभ भेटिएका भारतको बिहार राज्यसंग टासिंएको बिश्रामपुर गाउँपालिका वडा ४ बलिरामपुर गाउँलाई पूर्ण रुपमा शिल गरिएकोछ। भारतिय समकक्षीहरुसँग समन्वय गरि दुवै तर्फको एरिया सिल गरिएको जिल्ला शस्त्र प्रहरी बारा प्रमुख दिग्बय सुबेदीले बताएकोछ।

संक्रमित बालकले बिरगंज उपमहानगरपालिका वडा नम्वर ३ मा ग्यासको पसल सञ्चालन गर्दै आएका थिए । उनको स्वभाव विरगजबाट संकलन गरि परिक्षणको लागि टेकु स्थित काठमान्डौ पठाईएको थियो । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा आएको रिपोर्ट अनुसार कोरोना पोजेटिभ भेटिएको प्रमाणित भएको छ ।