बिश्व प्रख्यात धार्मिक एतिहासिक एवम पर्यटकीय स्थल बाराको महागढीमाई नगरपालिका- १ टोल बरियारपुरमा भएको गढीमा मंदिर बिकासको लागि  श्री गढीमाई मंन्दिर संचालन तथा बिकास समितिको निर्वाचनमा राजपा र फोरम पायनलको  बिजय भएकोछ। 


गढीमाई मंन्दिर संचालन तथा बिकास समितिको अध्यक्ष पदमा रामचन्द्र साह तेलीले २९३ मतले बिजय भएकोछ। साहको कुल मत ३२४७ र  वहाँको प्रतिबन्धितको चुनाव चिन्ह घर छाप नेपाली कांग्रेसकाबाट अध्यक्ष पदमा  मोतिलाल कुशवाहाले कुल २९५४ मत प्राप्त गरेर प्राज्य भएकोछ। 

उपाध्यक्षमा राजपाबाट बिश्व नाथ कुशवाहाले ५७३ मतले बिजय भएकोछ। कुशवाहा कुल मत ३२३७ वहाँको प्रतिबन्धित कैलाश महतो कोइरी कुल मत २६६४ प्राप्त गरि प्राज्य भएकोछ। 

त्यस्तै फोरमबाट सचिव पदमा पारस साह कानु ७१६ मतले बिजय भएकोछ। साह कानुको कुल मत ३३८१ वहाँको प्रतिबन्धित  नेपाली कांग्रेसबाट बिरेन्द्र यादवले  २६३५ मत प्राप्त गरि प्राज्य भएकोछ

त्यस्तै  राजपाबाट सह सचिव पदमा सोनालाल साहले ४७२ मतले बिजय भएकोछ। साहको कुल मत ३००९ वहाँ  प्रतिबन्धित नेपाली कांग्रेसबाट पुष्कर चौधुरले २५३७ मत पाप्त गरि प्राज्य भएकोछ। 



त्यसरी राजपाबाट कोषाध्यक्षबाट पदमा महेश जैसवाल १२१५ मतले बिजय भएकोछ। जैसवालको कुल मत ३७७५ यहाँको प्रतिबन्धित नेपाली कांग्रेसबाट गाजेन्द्र चौरसियाले २५६० मत प्राप्त गरि प्राज्य भएकोछ। 

त्यसैगरी सदस्य पदमा राजपाबाट त्रिपुरारी साह , हरेन्द्र कुशवाहा , शलेन्द्र यादव कृष्णा प्रसादले बिजय भएकोछ।

सबै उमेदवार भन्दा कान्छो कोषाध्यक्ष पदमा महेश जैसवाल ले सब भन्दा बढी मत लयाएर बिजय भएकोछ।