बारा - ३१ सावन - बारागढी गाउँपालिकाले २०७६/ २०७७ आगमी आर्थिक बर्षको लागी ३५ करोड भन्दा बढी बजेट प्रस्तुत गरेकोछ। बारागढी गाउँपालिकाको चौथो गाउँ सभा आयोजित कार्यक्रमा उपाध्यक्ष लक्ष्मी देबी रायले ३५ करोड ९२ लाख ९५ हजार ५ सय बजेट प्रस्तुत गरेकोछ।
२०७६/२०७७ यस आर्थिक बर्षमा आयतर्फ नेपाल सरकार अर्थ मान्त्रालयबाट प्राप्त वितिय समानीकरण अनुदान अन्तर्गत रु १० करोड १३ लाख , सर्शत अनुदान मध्ये शिक्षा, कृषि , पशु र स्वास्थ्य तर्फ गरि जम्म ९ करोड ३८ लाख , बहुक्षेत्रीय पोषण कार्यक्रम १३ लाख ३४ हजार , समाजीक सुरक्षा भाता ३ करोड ८४ लाख , राजस्व बाड फाट प्राप्त ६ करोड ८२ लाख , खाने पानी तथा सरसफाई शर्शत रु १७ लाख सुरक्षीत अप्रावशन परीयोजनामा १७ लाख रहेको प्रस्तुत गर्नुभएकोछ।
त्यसै गरि प्रदेश सरकारबाट प्राप्त वितिय सामानीकरण बजेट ७१ लाख ५८ हजार , शर्शत बजेट ५० लाख , बिशेष अनुदान २० लाख , समपुरक अनुदान ३० लाख तथा आन्तरिक राजस्व आय प्रक्षेपण श्रोत बाट २५ लाख १ हजार ५ सय , प्रदेश सरकार सवारी साधन कर बापत ३२ लाख २ हजार , अघिलो आ.ब को बैंक मौज्दात रु ३ करोड गरि २०७६/ २०७७ को कुल अनुमानित बजेट ३५ करोड ९२ लाख ९५ हजार ५ सय बजेट प्रस्तुत गरिएकोछ।
त्यस्तै गाउँ सभालाई सम्बोधन गर्दै बारागढी गाउँपालिकाको अध्यक्ष देवदत बछर थारुले गाउँपालिका बिकासको लागि गुरु योजना बनाई यस गाउँपालिका भित्री रहेको कच्ची सडकहरुलाई कालो पत्र , पी पी सी , ढ्लान नाला निर्माण ,सडको छेउ छाउमा बिरुवा लगाएर हरियो गाउँपालिको रुपमा बिकास हुने बछार थारुले बताउनु भएको छ।
त्यस्तै गाउँपालिका भरीमा मठ मंन्दिर महजिद , धार्मिक स्थलहरुलाई बिकास गरि पर्यटन भित्रयाइने ,शिक्षा , गरिब, दलित जनजाति , मुस्लिम , आदिवासी , लगाएत बेरोजगार यूवाहरुलाई विभिन्न किसिमको आय आर्जन सीप मुलक तालिम दिएर रोजगार बनाउने , २५ सैयाको अस्पताल स्थापना गर्न कार्यमा बछर थारुले जोडदिनु भएकोछ।
गाउँ सभा कार्यक्रमा बारागढी गाउँपालिकाको प्रशासकिय अधिकृत अमोध चौधरीले तराई मधेसमा दहेजको प्रथा दिन प्रति तिब्र गतिमा वृद्धि हुदै गएकोछ। महिलाहरु आफू जन्मदा आमा बुवाको टाउकोमा भार बनेको महसुस गरिरहेको हुन्छ। दहेजको बिना समाजमा केटा पक्षले बिवाह गर्दैन दहेजको कारणले कति महिलाको हत्या ,भइसकेकोछ। कति महिलाहरुले समाजको यो घृणा कार्नामाबाट पिडीत भएर आत्मा हत्या गर्न बाध्य रहेकोछ। यी सबै बिकृतिलाई समाजबाट हटाउनको लागी र समाजमा महिलाहरुलाई समानको साथ बाच्नको लागि गाउँपालिकाले दहेज प्रथालाई सामाजबाट हटाउनको लागि बढी प्राथमिकतामा राखेको अधिकृत चौधरीले बताउनु भएकोछ।
बारागढी गाउँपालिका भित्री कुनै पनि स्थानीयले केटी पक्षबाट दहेज नलिएर बिवाह गर्दा केटा पक्षलाई गाउँपालिकाको तर्फबाट गाउँ सभामा बोलाएर फुल माला लगायर सामानको साथ नगद पचास हजार रुपैया पुरस्कार दिने अधिकृतले सभामा जनकारी गराउनु भएकोछ।
त्यस्तै छोरी जन्म लियो भने कति आमाबुवा नतेदारहरु दु: ख मानिन्छ। अब त्यो मान्नु पर्दैन । अब यस गाउँपालिका भित्री बेटी जन्म लिए पछि ३५ दिन भित्र जन्म दर्ता बनाएमा छोरीको नाममा खाता खोली पाँच हजार नगद गाउँपालिकाले जम्मा गरिनेछ। बेटी पढाउ बेटी बचाउ तर्फ पनि बारागढी गाउँपालिकाले पुरस्करको ब्यवस्था गरेको अधिकृतले सभामा मन्तब्य दिनु भएकोछ।
बारागढी गाउँपालिका गाउँ सभा कार्यक्रममा ईलाका प्रहरी प्रशासन पटीमका क्रमचारीहरु , गाउँपालिकाको वडा अध्यक्षहरु , वडा सदस्यहरु , गा. पा. को सहयोगी प्रमोध चौधरी , उपेन्द्र साह , ईच्छा राम थापा , राजकिशोर चौधरी , लगाएत क्रमचारीहरु , स्थानीय समाजसेबीहरु , शिक्षा प्रेमीहरु , पत्रकार मित्रहरु , राजनिति कार्यकर्ताहरु स्वास्थ क्रमचारीहरु , लगाएत आम जनताले पनि उपस्थिति हुनु भएको थियो । र कार्यक्रमो संचालक अजय चौधरी गर्नु भएको थियो ।

0 Comments