बारा -१६ असार श्रीकान्त गुप्ता - नेपाली कांग्रेसको पुर्ब महासमितिमा रहेको एक सदस्यको निधन भएकोछ ।
महागढीमाई नगरपालिका वडा नं १ बस्ने जगरनाथ साह कानुको हिजो राति १० बजे आफ्नै निवासमा निधन भएकोछ। साहको पार्थिक शरीरमा नेपाली कांग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया ,कलैया उपमहानगरपालिका मेयर राजेश यादव नगर सभापति भुलेन्द्र यादव ,पूर्ब गाउँ सभापति झब्बु साह श्री गढीमाई बिधालयको अध्यक्ष दिप प्रकाश साह , चन्देश्वर साह, बिरेन्द्र यादव , लगाएत नेपाली कांग्रेस पार्टीको अन्य कार्यकर्ताहरुले पार्टीको झण्डा साहको पार्थिक शरीरमा ओढाएर अंतिम बिदाई गर्नु भएको छ।
साहले बि. स २०२८ साल देखि पार्टीमा सक्रिय रहेको स्वतन्त्रता सेनानी प्रतिबन्धित जिल्ला कार्य समितिका सदस्य र पुर्ब महासमिति सदस्य पनि रहेको थियो । नेपाली कांग्रेसले देशमा लोकतन्त्र ल्याउनको लागी देशमा जति पटक आन्दोल गरिनुभएको थियो । त्यो आन्दोलको क्रममा साहलाई दिएको जिमेबारी इमन्दारीको साथ निभाउनु भएको चौरसियाले बताउनु भएकोछ।
गाउँ पन्चायत कालमा श्री गढीमाई बिधालय , पानी ट्याङ्की निर्माण कार्यमा सहयोग पुर्याउनु भएको स्थानीहरुले बताए । साहको जन्म बि. स १९९७ र मृत्यु २०७६ असार १५ गते राति १० बजे भएकोछ।
0 Comments