बारा- ६ असार बारा जिल्ला अदालतका तमेलदार घुस रकम सहित रगेंहात पक्राउ परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिएको टोलीले तमेलदार सुनिल चौधरीलाई सेवाग्राहीसँग रू.१८ हजार घुस रकम सहित रगेंहात पक्राउ गरिएको प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए ।
समानिय जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको चौधरी माथी आरोप छ।
विशेष सूचना एवं उजुरीको आधारमा चौधरीलाई घुस रकम सहित कलैया अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिईएको अख्तियार अनुसन्धानको कार्यालय मकवानपुरले बताएको हो। जिल्ला तामेलदार सुनिल चौधरी माथी थप अनुसन्धान भइरहेको छ ।
0 Comments