बारा-  जेष्ठ - २५ श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकाको अध्यक्ष  देवदत बछारले बारागढी गाउँपालिकाको वाड नं ४ महिलाको लागि सिलाई कटाई तालिम कार्यक्रमको उद्घाटण गरिएकोछ। उद्घाटणको कार्यक्रममा बारागढी गाउँपालिकामा महिलाको लागी सिलाई कटाई तालिकको आवस्यकता रहेकोछ। बारागढी गाउँपालिकाको  ४ वटा वडाहरुमा सिलाई कटाई तालिम संचालनमा आईरहेको बताउनु भएको छ। यस  गाउँपालिकामा बेरोजगार भएर घरमा बसेका  दलित , जनजाती , आदिबासी , मुसलिम लगाएर महिलाहरुको सिलाई कटाई तालिम बिशेष गरेर ल्याईएको कार्यक्रममा बछारले बताउनु भएको छ। 


त्यस्तै बारा गढी गाउँपालिकाको प्रशासकिय अधिकृत  अमोध चौधरीले स्थानीय तथा शहरी बिकाश केन्द्र संस्थालाई धन्यवाद दिदै यस  गाउँपालिकाको ६ वडाहरुमा सीप मुलक कार्यक्रमहरु सिलाई कटाई , बिउटिसियन पार्ल , मुढा बनाउने , कम्पुटर तालिम , महिलाको लागि जनचेतना , लगायत कार्यक्रमहरु गाउँपालिकामा संचालमा ल्याईएकोछ। यो कार्यक्रमहरुबाट ५०० भन्दा बढी महिलाहरु रोजगारी पाउने छ।सीप मुलक तालिम सिकेर घरमा बसेर मात्र पैसा कमाउन सक्दैन ।आफनो सिपलाई सिकेर लगतार सिपको कार्य गर्नु पर्छ।  घरमा बसेर बलाउज झोला, झुल ,  , भोटो , सिलाई गरेर बजारमा बेचेर पैसा कमाउन सकिन्छ। कसरी  गरेर पैसा कमाउन सकिन्छ। प्रशासकीय अधिकृत चौधरीले बताउनु भयो । 


बारागढी गाउँपालिकाको वडा नं ४ अध्यक्ष  रामकृपाल चौधरीले  सिलाई कटाई कार्यक्रमा उपस्थिति हुनु भएको सम्पूर्ण सिकर्मीहरुलाई टीका लगाएर सम्मान गरिएको छ। सिकने मौकालाई उपयोग गर्नु पर्छ। राम्रोसंग सिकने मौका गुमाउनु पर्दैन । सिलाई कटाई सिकेर घरमा बसी पैसा १५ हजार देखि २५ हजार सम्म महिनामा कमाउन सक्नु हुनेछ। रोजगारी महिलाहरुलाई रोजगारी बनाउनको लागी यो सीप मुलक कार्यक्रम ल्याईएको छ। 


कार्यक्रममा ध्रबेन्द्र चौधरी , रुदल , रामाकान्त चौधरी , मन्जु चौधरी , जटही राम , चन्द्र हुसेन , फेकु प्रसाद चौरसिया , सिमा चौधरी , पासपती चौधरी  २० जना सिलाई सिकने महिला र स्थानीय समाज सेबि उपस्थिति हुनुभएको थियो । कार्यक्रम उद्घाघोषण स्वागत रामकृपाल चौधरी  गर्नुभएको थियो ।