फागुन  गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन हो। प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। अनेकौं आरोहअवरोहलाई छिचोल्दै, कैयौं ऐतिहासिक घुम्तीबाट अघिबढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ। यसले निरंकुशताका विरोधको अनेकौं संघर्षमा सधैं आफूलाई समाहित गर्नुपर्यो।

हुनत, नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा रहेका नेपाली जनताले लगाउनु परेको झुत्रो कपडाको ‘पार्सल’ चन्द्र शम्शेरलाई सिंहदरबारमा पठाएकै दिन विसं १९७४ को श्रावणमै प्रारम्भ भएको हो। तर, यसको विधिवत् स्थापना भने त्यसको धेरै पछि विसं २००३ को माघ १२ र १३ गते कलकत्ताको भवानीपुरको अधिवेशनबाट भएको हो।

नेपालको एकतन्त्रीय राणा शासन र भारतको औपनिवेशिक शासनविरुद्धको संघर्षको वातावरणमा बालक विश्वेश्वरप्रसाद कोइरालाको (बीपी) चेतनाका आँखा खुल्दैथिए। सन् १९२० मा ६ वर्ष पुग्दानपुग्दै बीपीले महात्मा गान्धीको आह्वानमा भएको असहयोग आन्दोलनका क्रममा सरकारी विद्यालय बहिष्कार गर्नुभयो। त्यसबेला बनारसको घरघरबाट बेलायती कपडा जम्मागर्दै चोकचोकमा लगेर जलाउने सशक्त बाल स्वयंसेवक हुनुहुन्थ्यो बीपी। सन् १९३४ मा आइपुग्दा बीपी भारतीय स्वतन्त्रता संघर्षको एक वरिष्ठ तरुण नेता भइसक्नु भएको थियो। त्यही बेला आफ्ना केही थप योजनाका आधारमा समाजवादी समूहले भारतीय राष्ट्रिय कांग्रेसभित्र बेग्लै अस्तित्व कायम राखेर काम गर्न थाल्यो। समाजवादी समूहको विहार प्रान्तको संगठन सेक्रेटरीको हैसियतले, त्यस समूहको प्रचार एवं किसान, मजदुर र विद्यार्थी संगठनको मुख्य दायित्व बीपीले वहन गर्नुपरेको थियो। किसान, मजदुर र विद्यार्थीले गरेको विभिन्न आन्दोलनलाई नेतृत्व गर्दै बीपीले अनेकपटक भारतको विभिन्न जेलमा रहनुपर्यो ।

भारतीय राष्ट्रिय कांग्रेसको सन् १९४२ को अगस्तमा बम्बैमा भएको सम्मेलनले ‘भारत छोडो’ (क्विट इन्डिया) आन्दोलनको प्रस्ताव स्वीकृत गर्योम। त्यसपछि तुरुन्तै व्यापक गिरफ्तारी प्रारम्भ भयो। त्यस आन्दोलनमा समाजवादी समूहको उल्लेखनीय भूमिका रह्यो। केहीसमयसम्म भूमिगत रहेर बीपीले विहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व गर्नुभयो। अन्ततः १९४२ को नोभेम्बरमा बीपी पटनामा पक्राउ पर्नुभयो। सन् १९४४ को उत्तरार्द्धदेखि राजबन्दीहरुको रिहाइको क्रम प्रारम्भ भयो। सन् १९४५ को जनवरी १७ का दिन हजारीवाग जेलबाट धेरै राजवन्दीसँगै बीपी पनि रिहा हुनुभयो। रिहाइको पत्रसँगै जेल कार्यालयमा बीपीले काठमाडौबाट भाइ केशवप्रसाद कोइरालाले पठाएको एउटा टेलिग्राम पनि पाउनुभयो। त्यो पिताजीको निधनको दुःखद समाचार थियो। वि.सं. २००१ को माघ २ गते पिताजीको काठमाडौंमा बन्दी अवस्थामा निधन भएको थियो।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै धेरै मुलुकबाट औपनिवेशिक शासन समाप्त हुन थाल्यो। भारत पनि स्वतन्त्रता प्राप्तिको नजिकै आइसकेको थियो। सन् १९४६ को अक्टोवर ४ का दिन बीपी कोइरालाले एउटा वक्तव्य दिनु भयो। त्यसमा उहाँले, निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आफ्नो देशप्रतिको कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्नुभएको थियो।

बीपीको आह्वानले भारतमा रहेका र देशभित्रका चेतनशील नेपालीमा नयाँ हलचल ल्यायो। नयाँ उत्साह र नयाँ जागरण ल्यायो। बीपीले भारतको विभिन्न भागमा पुगेर त्यहाँका नेपालीसित भेटघाट गर्नुभयो। अन्तोगत्वा १९४६ को अक्टोवर ३१ (२००३ कार्तिक १५) का दिन बनारसमा— ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भयो। एकतन्त्रीय राणाशासनको विरोधमा छिटै एक नयाँ पार्टीको स्थापना गर्न त्यसको अधिवेशन, नाम, झन्डा, विधानआदि सबै तयारीको जिम्मेवारी दिएर यसको गठन गरिएको थियो। त्यसको डिसेम्बर ३ र ४ मा बसेको बैठकले निर्धारण गरेअनुसार वि.सं. २००३ को माघ १२ र १३, तदनुसार १९४७ को जनवरी २५ र २६ का दिन कलकत्तास्थित भवानीपुरको खाल्सा स्कूलको प्रांगणमा यसको पहिलो अधिवेशन भयो। त्यसमा भाग लिन नेपालका केही प्रमुख स्थानबाट र भारतको विभिन्न भागबाट नेपालीहरू प्रतिनिधि भएर आएका थिए। बीपी कोइरालाको अध्यक्षतामा भएको यो अधिवेशनले नवगठित पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो। यसको झन्डा माथिल्लो भाग सेतो, बीचको हरियो, तल्लो भाग पहेँलो र त्यसको बायाँपट्टिको मध्यभागमा रातो रङ्गको उदाइरहेको सूर्य अंकित थियो। त्यसै

 दिन यसको विधान र विभिन्न प्रस्ताव पारित गरियो। यसको उद्देश्य ‘अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जनउत्तरदायी सरकारको गठन गर्ने’ रहेको थियो।यसको कार्यसमितिको चयन गर्यो । त्यसमा नेपालको जेलमा कष्टकर यातना बेहोरिरहेका टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति, बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री हु