बारा - असार २३  , श्रीकान्त गुप्ता -  महागढीमाई नगरपालिका बरियारपुरमा आज शनिबार बिहान आठ बजे बती हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ।

महागढीमाई नगरपालिका बरियारपुरमा भएको विश्व प्रख्यात धार्मिक एतिहासिक एवम पर्यटनक स्थल गढीमाई मंन्दिरको प्राङ्गणमा लक्ष्मी बैंक तथा लक्ष्मी केयरले चौध वटा सुर्य बति  गढीमाई व्यवस्था समितिलाई हस्तान्तरण गरिएकोछ।

गढीमाई मंन्दिरको वरिपरि पोखरीको वरिपरि  बिधालयको अगाडि  सुर्य बति जडान भइसकेको आज मात्र कार्यक्रम भएको थियो। गढीमाई मंन्दिरको अवस्था लाईन गटेको बेला मंन्दिर अध्यारोम रहन्थ्यो तर सुर्य बति जडान भएको दिन देखि लाईन कटेको बेला देखि मंन्दिर उज्यालोमा भएको गढीमाई मंदिर व्यवस्थापन समितिको अध्यक्ष रामचन्द्र साहले बताए।

गढीमाई मंन्दिरको स्थर र उन्नतिको बिकाशमा सहयोग गर्नुभएकोमा लक्ष्मी बैंकको सम्पुर्ण टिमलाई धन्यवाद दिदै गढीमाई मंन्दिरलाई बिकासको लागि तत्परता जनाउदै गढीमाईमा पर्यटन भित्राउने दर्शन यात्रुलाई आवश्यक पर्ने मनोरञ्जनात्मक बिवाह मंन्डक , बच्चा पले गारडेन , सुर्य मंन्दिर , पिक्निक स्थलको रुपमा बिकास गर्न महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले प्रतिबद्ध जनाए।

कार्यक्रममा उपस्थित भएको श्री गढीमाई उच्च बिधालयको व्यवस्थापन समितिका अध्यक्ष दिपकप्रकाश गुप्ता , गढीमाई मंदिरका व्यवस्थापन समितिका कोषाध्यक्ष बिरेन्द्र चौरसिया , समाजसेबि भुमिसुधार , अनरुध यादव , नेजाबुर मिंया , मनोज  साह ,र   वाड न . १ को अध्यक्ष सुदामा साह , उपस्तिथि भएकोथियो । कार्यक्रमको स्वागत मंदिर व्यवस्थापन समितिको महासचिव मोतिलाल कुशवाहाले गर्नुभएकोथियो ।