बारा महगढीमाई न. पा . असार १- श्रीकान्त कुमार गुप्ता - बाराको महागढीमाई नगरपालिकामा १ बारियारपुरमा यूवा सुचना केन्द्रको शुक्रवार विहान दश बजे उदघाट्न गरिएकोछ। कार्यक्रमको उदघाटन महागढीमाई नगरपालिकाको उपमेयर तारा देबी साह कानु गर्नु भएकोछ।
देशको कर्णधार यूवा हो र यूवा बिकासको लागि सुचना केन्द्र हरेक नगरपालिका वाडमा सुचना केन्द्रको आवश्यकता रहेको र यूवा तथा महिला, गरिब जनजाति मुस्लिम आदिवासी मधेसी जनताको बिकासको लागी प्रतिबद्ध रहेको र मुस्लिमहरुको ईदको शुभकामना दिदै देबी कानुले आफ्ना मनतब्य दिनुभयो ।
गढीमाई मंदिरका ब्यवस्थापन समिति महा सचिव मोतिलाल कुशवाहले सुचनाको अधिकार सबैको हो देशको गतिविधि राजनितिक गतिविधि सबै पत्रपत्रिका बिभिन्न किसिमका किताब मान्त्रालयबाट भएको सुचना नगरपालिकाको बिकाश र मंन्दिरको स्तरउन्नति सबैको जनकारी यस सुचना केन्द्रबाट प्राप्त हुन्छ। र यो सुचना केन्द्रलाई बिकाशको लागी प्रतिबद्ध जनाउनु भयो।
उदघाटन समरोहको शोभा बढाउनको लागि उपस्थिति भएका महागढीमाई नगरपालिका वाड. १ वाड अध्यक्ष सुदामा साह कानु , गढीमाई उच्च मा. बि अध्यक्ष दिपप्रकाश साह कानु , बिजय साह कानु , अशोक साह कानु , शम्भु कुशवाह , दिनेश कुशवाहा , बिकाश साह , त्यस्तै मनोज साह कानु , प्रदोस सिंह , उपस्थिति भएकोथियो। यस कार्यक्रमको आयोजक शान्ति तथा बिकाशका लागि यूवाका अध्यक्ष प्रकाश साह कानु , र कार्यक्रमको स्वागत ध्रबेन्द्र साहले गर्नु भएकोछ।
0 Comments