बारा -  माघ १  श्रीकान्त गुप्ता  -  महा गढीमाई नगरपालिका वडा नं १ बरियारपुरमा माघ  संक्रांति  दिन आज विश्व प्रख्यात धार्मिक एतिहासिक एवम् पर्यटकीय स्थल बाराको महा गढीमाई मंन्दिरमा हजारो हजार दर्शन यात्रुले दर्शन गर्न आउनु भएको थियो। प्रहरी र प्रशासनको सहयोगमा  दर्शन गर्न यात्रुले लाइनमा शान्ति पूर्बक बसी पूजापाठ गर्नु भएको थियो।
गढीमाई माघ संक्रांति मेलामा बिभिन्न किसिमका मनोरञ्जन  बडा झुलुवा जादुगर , बैलुन बच्चा खेल ,  चक्र झुलुवा , अन्य मनोरञ्जन खेलहरु हरेक बर्ष जस्ता  यस बर्ष पनि अत्याधिक रुपमा मनोरञ्जनहरु आउनु भएको थियो।
हरेक वर्ष माघ संक्रांतिका  दिन गढीमाई मंन्दिरमा दर्शन यात्रुको  खचाखच भिड लाग्ने गरिन्छ। माघ संक्राति मेलामा गढीमाईलाई भाकेको भरेवा( कबुतर)  उडाउने गरिन्छ। यसपालि माघ संक्रांति मेलामा पनि अत्याधिक रुपमा  दर्शन यात्रुले भाकेको परेवा उडाउनु भएकोछ।
तर मंदिर व्यवस्थापन समितिले माघ संक्रांति मेलाको बायनर मंन्दिर वरिपरि नलगाई  हार्दिक शुभ कामना भक्तजनलाई दिनु भएको  थिएन। कुनै मेडिया पत्र पत्रीका सामाचारमा प्रचार प्रसार गराउनु भएको थिएन