बारा ,१९ पुस
श्रीकान्त गुप्ता ,
वहुराष्ट्रिय आयोजना अन्र्तगतको तराई–काठमाण्डौ जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको लागि नेपाली सेनाले फेरी काम शुरु गरेको छ ।
निर्माणको जिम्मा पाएको नेपाली सेनाले फास्ट ट्रयाकको लागि पुनः रूख काटन सुरु गरेकोे छ। नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाको नेतृत्वमा खटेको टोलीले फास्ट ट्रयाकमा पर्ने रुखहरुको कटान लगाएतका कार्यहरु समेत शुरु गरेको हो।
नेपाली सेनाको टोलीले पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिने बाराको निजगढ–८ स्थित बकैया नागमणी वन समूहको वन क्षेत्रबाट रूख कटान सुरु गरेको सेनाले जनाएको छ । चार बर्ष भित्रमा ४ लेनमा फास्ट ट्रयाकलाई निर्माण गर्ने उदेश्यको साथ नेपाली सेनाले फास्ट ट्रयाकको निर्माण कार्यलाई अगाडी बढाएको हो।
अहिले कायम ट्रयाकको मध्य विन्दुबाट १५ मिटर दायाँरबायाँ क्षेत्रमा पर्ने रुख काट्न थालेको हो। बारातर्फ बकैया नागमणिसहित कछडिया, बाघभैरव सामुदायिक वन क्षेत्र हुँदै ८ किलोमिटर फास्ट ट्रयाक मकवानपुर छिचोलिने सहायक रथी खड्काले बताएका छन । ललितपुर जिल्लाको खोकना, काठमाडौको दक्षिणकाली, मकवानपुरको पञ्चकन्या,गढी,धियाल र बाराको भरतपुरी,लाल हुदै निजगढको लामागढीमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा आएर फास्ट ट्रयाक जोडीने छ।
राष्ट्रिय गौरवका योजनाहरु मध्ये उच्च प्राथमिकतामा रहेको फास्ट ट्रयाक निर्माणको जिम्मा सेनाले पाएपछि सेनाको लागि यो अवसर र चुनौती दुबै विषय बनेको छ। ७६.२ किलोमीटर लम्बाई रहेको फास्ट ट्रयाकको समतलमा चौडाई २५ मीटर हुनेछ भने पहाडी भागमा २३ मीटर रहने छ । फास्ट ट्रयाकमा ९९ वटा पुल, २ किलोमीटर सुरुङ्ग मार्ग आवश्यकता अनुसार पर्खाल समेत निर्माण गरी अन्तराष्ट्रिय स्तरको निर्माण गरिने लक्ष्य रहेको खड्काले जनाए ।
गत जेठ २० गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाकको शिलान्याससमेत गरेका थिए । एक खर्ब १२ अर्व अनुमानित लागत रहेको फास्ट ट्रयकको ट्रयाक नेपाली सेनाले नै २०७० सालमा खोलेको थियो। स्वदेशी लागानी मै निर्माण गर्न लागिएको फास्ट ट्रयकको लागि गत आर्थिक बर्ष २०७३÷७४ को बजेटमा सरकारले १० अर्ब बजेट बिनियोजन गरीएको थियो।
फास्ट ट्रयाक निर्माणसंगै यस क्षेत्रमा रोजगारी सृजना हुने तथा उद्योग, व्यापार, पर्यटन क्षेत्रको समेत विकास हुने भएकाले स्थानीयहरुमा खुसी छाएको छ । योसंगै यसै क्षेत्रका वहुराष्ट्रिय गौरवका आयोजनाहरु पनि तत्काल शुरु गर्न समेत स्थानीयहरुले माग गरेका छन ।

0 Comments