डॉ. सी के राउत के गिरफ़्तारी के बिरुद्ध स्वः स्फूर्त में मधेसी युवाओं द्वारा नेपाल सरकार को बिरोध स्वरुप ज्ञापन पात्र बुझाएका हुन.
के छ ज्ञापन पत्र मा ?
सम्माननीय प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय,
जिल्ला प्रशासन कार्यालय,
विषय: ज्ञापन-पत्र ।
सम्माननीय,
आफ्ना श्रम, पसिना र खुनको लगानी गरी पूर्वजहरू द्वारा हजारौं वर्ष पहिले खडा़ गरिएको मधेशी सभ्यता आज नेपाली शासनका कारण समाप्त हुन थालेको छ । पहाड़ एवं हीमालबाट एकतर्फी भएको र भईरहेको आप्रवासनका कारण मधेशी भुमि जोखिममा परेको छ । नेपाली भाषा, वेश र संस्कृतिको आक्रमणले मधेशी भाषा, वेश र संस्कृति दिन प्रतिदिन लोप हुने अवस्थामा पुग्दैछन । मधेशमा रहेको श्रोत-साधन, पर्यावरण, जल, जंगल आदिमाथि नियन्त्रण तथा यहाँका आदि मानवहरू माथि शासन कायम गरी मधेशी भविष्य एवं अस्तित्व समाप्त हुने स्थितिमा पुगेको छ । संभावित यिनै खतराहरूबाट जोगाउन, मधेशी सभ्यता एवं पहिचानलाई पुनःस्थापित गर्न तथा स्वतन्त्रता, समानता, स्वाभिमान र आत्मसम्मानको अनुभूति सहित हरेक मधेशी जनताहरूलाई अधिकार सम्पन्न बनाउने उद्येश्य बोकि लोकतन्त्र, मानवीय कानून र शान्ति एवं अहिंसा प्रति प्रतिबद्ध रही नेपाली उपनिवेश अन्तका निम्ति डा. चन्द्रकान्त राउत (सीके) संघर्षरत रहेका व्यक्तित्व हुन । सप्तरी जिल्लाको महादेवा गाउँमा जन्मेका उनी वेलायतको कैम्ब्रिज विश्व-विद्यालयबाट विद्यावारिधी तथा कुलरत्न गोल्ड मेडल, महेन्द्र विद्या भुषण, युवा ईञ्जिनियर पुरस्कार लगायत ट्रफिमेन्कफ एकेडेमिक अचिवमेन्ट अवार्ड जस्ता अनेकौं सम्मानहरूबाट सम्मानित व्यक्तित्व हुन । उच्च स्तरीय योजना, दस्तावेज, मापदण्ड, मार्ग र कार्यदीशा सहित नेपाली औपनिवेशिक शासनसत्ताबाट शोषित एवं उत्पीड़ित आम मधेशीहरूका निम्ति "मधेश मुक्ति अभियन्ता" हुन ।

वि.सं. २०७४ साल मंसिर २१ गते विहिबारको दिन नेपाली औपनिवेशिक सरकारद्वारा सैन्य एवं पुलिसका बन्दूक शक्तिको परिचालन मार्फत मधेशी जनताको ईच्छा विपरीत चुनाव घोषित गरिएको थियो । यस अघि बन्दूककै बलमा आम मधेशी जनताको विरोध, असहमति र संघर्षलाई वेवास्ता गर्दै हत्या र हिंसा मच्चाई २०७२ साल असोज ३ गते कालो संविधान जारी गरी मधेशी जनताको भविष्य र अस्तित्वलाई अनिश्चितताको अन्धकार लामो सुरूङ्ग तर्फ धकेलिएको थियो । यस विरूद्ध मधेशी जनताले चलाएको महिनौं आन्दोलन, नाकाबन्दीमा बन्दूक पड़काई सैकडौं मधेशीहरूको ज्यान लिई जबरजस्ति संविधान लादिएको थियो । तिनै कालो संविधानलाई बैधता दिनका निम्ति २०७४ मङ्गसिर २१ गते तय गरिएको प्रतिनिधी एवं प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक एवं अहिंसात्मक विधीबाट असहमति जनाउन र मधेशी जनताको स्वतन्त्र हुने ईच्छालाई अन्तराष्ट्रिय जगतमा स्पष्ट पार्न 'Right to Reject' अन्तर्गत Non of The Above (NOTA) को सिद्धान्त अनुरूप "कोठली बाहर मतदान" गर्नका निम्ति डा. राउतबाट आम मधेसी जनतामा आह्वान गरिएको थियो । मत-बदरको सो अभियानलाई सफल बनाउन प्रचार प्रसारको आवश्यकता रहेको, सो अभियान अन्तराष्ट्रीय विधी, कानून एवं मान्यता अनुरूप रहेको भएपनि नेपाली प्रशासनद्वारा सोको प्रचार प्रसारमा अघोषित रूपमा प्रतिबन्धित गरिएको थियो । स्वतन्त्र मधेश गठबन्धनमा लागेका नेता कार्यकर्ताहरूले जोखिम मोलेर प्रचार प्रसार गरेपनि डा. राउतलाई जनताको बीच जान अघोषित रूपमा प्रतिबन्धित गरिएको थियो । उनी बसेको घर अगाड़ी पछाड़ि सुरक्षाकर्मीको निगरानी गस्ती लगाएर एक प्रकारको नजरबन्दी कै अवस्था सिर्जित गरिएको थियो । चुनावी सभा गर्न, जनताको घर-आँगनमा पुग्न र खुला रूपले चुनावी प्रचार प्रसार गर्न प्रतिबन्धित गरिएकोले मत-बदर अभियानको प्रचार गर्नका निम्ति डा. राउतका लागि फेसबुक पोष्ट एकमात्र विकल्प रहेको थियो । सोही मार्फत उनी अनेक फोटो, लेख, पोष्ट र सामग्रीको निर्माण गरी प्रचार प्रसार गर्न बाध्य रहेका थिए ।
डा. राउतले मत-बदर अभियान प्रचार प्रसारका निम्ति अपनाएको यस्तो शान्तिपूर्ण विधी पनि नेपाली सरकारलाई पचेन र चुनाव विरोधी गतिविधी गरेको आरोप लगाउँदै जनकपुर माछा बजार स्थित आफ्नै निवासमा बसिरहेको अवस्थामा नेपाल पुलिसका केही प्रहरी जबानहरू सादा पोशाकमा पुगी कसैलाई कुनै जानकारी समेत नगराई गैर-कानूनी, अलोकतान्त्रिक र गैर- संवैधानिक तबरबाट मुख्य गेटमा लगाईएको ताला जबरजस्ती फोड़ि अपहरणको शैलीमा मिति २०७४ साल मङ्गसीर २१ गते बिहान करीव ९:३५ बजे डा. सीके राउतलाई गिरफ्तार गरी लगेको र गैर-न्यायिक हीरासतमा राखि यातना दिई रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।
सम्माननीय,
यस अघि डा. राउतमाथि जबरजस्ती दायर गरिएको राज्य-विप्लव मुद्दामा सम्मानित विशेष अदालत र सर्वोच्च अदालतबाट सफाई पाई सकेको अवस्थामा समेत बारम्बार उनलाई गिरफ्तार गरी नेपाल सरकारले अमानवीय व्यवहार देखाउँदै आएको छ । सत्य, न्याय, अहिंसा र परोपकारको प्राकृतिक आवश्यकतालाई पुरा गर्नसक्ने व्यक्तित्वको जन्ममा खड़ेरी परिरहेको बेला अमेरिकाका हरेक सुख र विलासितालाई त्याग गर्दै सत्य, न्याय एवं शान्तिको मार्गलाई अवलम्बन गरी डेढ़ करोड़ मधेशी जनताको स्वतन्त्रता, समानता, स्वाभिमान एवं हक-अधिकारका निम्ति आवाज़ बुलन्द पार्ने एउटा विद्वानले दिएको विचारमाथि खुल्ला बहस समेत गर्न नसकी तानाशाही शैली अख्तियार गर्नु तथा भय र आतंकको सिर्जना मार्फत आम मधेशी जनतालाई आक्रोशित पारी हिंसात्मक मनोविज्ञान तर्फ लाने कुचेष्टा गर्नुले लोकतन्त्र, विधी-विधान, अन्तराष्ट्रीय प्रतिष्ठा प्रति नेपाली सरकार एवं शासकमा रहेको धारणालाई स्पष्ट पारेको छ । अभिव्यक्ति स्वतन्त्रता, कानूनी राज तथा जनताको सार्वभौमिकता प्रति विश्वस्त हुन नसक्नु भनेको नेपाली शासनले अन्तराष्ट्रीय स्तरमा गरेका सन्धी, सम्झौता एवं प्रतिबद्धताहरू प्रतिको उपहास हो ।

नेपाली सरकार र त्यसका प्रहरी प्रशासनबाट बारम्बार हुने यस्ता अमानवीय, अशोभनीय, कलंकित एवं अन्तराष्ट्रीय मुल्य मान्यता विपरितका क्रियाकलापहरू तुरुन्त बन्द हुनु पर्दछ । कसैको कुनै गतिविधीबाट यति शीघ्र विचलित नभई लोकतन्त्र, सत्य, न्याय एवं शान्तिमार्ग प्रति प्रतिबद्ध भई जनताको निर्णयलाई स्वीकार गर्न सकिने आत्मा र क्षमताको विकाश गर्न सक्नु पर्छ । वैचारिक एवं राजनैतिक समस्याहरूको सामाधान दमनात्मक र हिंसात्मक भन्दा पनि वैचारिक प्रतिस्पर्धा, लोकतन्त्र र शान्तिमार्ग बाटै गर्न सक्नु पर्छ ।
अतः स्वतन्त्र मधेश गठबन्धन (AIM) र तिनका संयोजक डा. चन्द्रकान्त राउतले उठाएको विचार एवं राजनीतिको सामना शान्ति र लोकतन्त्रकै आदर्शबाट गर्न आह्वान गर्दै स्वतन्त्र मधेश गठबन्धनद्वारा आयोजित हरेक कार्यक्रमहरूमा सुरक्षाको व्यवस्था उपलब्ध गराउन र डा. राउत लगायत प्रहरी हीरासतमा रहेका गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निःसर्त रिहा गर्नुहुनेछ, स्वतन्त्र मधेश गठबन्धन विश्वासका साथ हार्दिक अनुरोध गर्दछ ।

कैलाश महतो
सह-संयोजक, स्वतन्त्र मधेश गठबन्धन
सह-संयोजक, स्वतन्त्र मधेश गठबन्धन

0 Comments