बारा - पुष ०६  बिहिबार ( श्रीकान्त गुप्ता )- महा गढीमाई नगरपालिकाको बरियारपुर बजार आज बन्द गरिएको छ। बरियारपुर बजारमा पटकपटक चोरी भइरहेको हुँदा अज्ञात समुहका चोरहरुलाई  प्रहरी र प्रशासनले अनुसन्धान गर्नमा असफल भएको हुनाले बरियारपुर बजार सुरक्षाको लागी  व्यापारीहरुले  गन्थन मनथन गरी सि डी ओ कार्यालयमा बजार सुरक्षाको लागि ज्ञापनपत्र बुझाउन निर्णय गरिएको छ।


बरियारपुर बजारको सम्पूर्ण व्यपारीलाई पसल बन्द गरि आज बिहान ११ बजे देवकीलाल ध्रमशालामा उपस्थित भई सी डी ओ कार्यालय सम्म जुलुस निकालनको लागी बजार व्यवस्थापन समिति अध्यक्ष भुलेन्द्र यादवले  पुरै व्यापारीलाई आग्रह गरेकाहुन। कुनै व्यापारी जुलुसमा नगएमा र पसल खोलेमा ११०० सय जरिवाना तिर्नु यादवले बताए।

महा गढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बजार व्यवस्थापन सुरक्षाको लागी बजारमा सी सी केमरा र प्रहरी बिट बनाउने बताउनु भएकोछ। प्रहरी र प्रशासनको चरम लापरवाहीले बरियारपुर बजारमा पटकपटक चोरी भईरहेको हुँदा अफ्नो पसललाई आफै सुरक्षा गर्नुपर्छ। बजारमा पटकपटक चोरी भएको हुँदा यांहा ब्यापारीहरुले आक्रोस बनेकाछ्न।

महागढीमाई नगरपालिकाको बरियारपुरमा १३ लाख भन्दा बढीको मालसामान २९ गते सोमबार राति चोरी भएको थियो


महा गढीमाई नगरपालिका वाड नं २ बरियारपुर बजारमा पसल भएको मनिशंकर प्रसाद साह कानुको पसलमा अज्ञात समुहका चोरहरुले चोरी गरेकोहुन। १०  लाख भन्दा बढीको मालसमान एल एडी टी.भी २ थान ५०००० हजार , लैप टप १ थान रु  ७५००० मोबाइल ३५ थान रु ३५००० , मोबाइल बटम १५० रु ३५०००,  ब्रान्डडेड कम्पनका घडी १५० रु ७५०००,  मेमोरी रु ७५००० अन्य समान रु १२०००० र   नगद रुपैया ५०००० समेत चोरी भएको पीडित मनिशंकर प्रसाद साह कानुले जानकारी दिनुभएको छ।


दस बर्ष भित्रमा ५ पटक चोरी भइसकेको एक जना ब्यापारीले बताए। मनोज महतो पाचुर्न पसलम, रामचन्द्र साह कपडा पसल, मणिभुषन कपडा पसल, बैजनाथ कपडा पसल र अरबिन्द पार्चुन,संजय होटलमा समेत चोरी भइसकेको स्थानीब्यापारी बताए । बि स २०६४ फागुण ९ गते ब्यापारी मुक्ति साह कानुको पसलमा बम राखेको थिए