टिप्परले किचेर बारामा एक बालकको मंगलवार अपराह्न ४ बजे घटना स्थल मैं मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित इमलिपर्तीका अरुण पासवानका अन्दाजी साँढे तीन वर्षीय छोरा गोलु पासवान रहेका छन् ।

पासवानको अपरान्न ४ बजे इमलिपर्ती स्थित खेतबाट माटो ओसार्दै गरेको ना.३.ख.९२९७ नम्बरको ट्रिपरले किचेर घटना स्थल मैं मृत्यु भएको हो ।