बारा-  मंसिर - २५सोमबार , – प्रतिनिधिसभा लोकतान्त्रिक पक्षको उमेदवार बाराको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उमाकान्त चौधरी विजयी हुनुभएको छ ।

उहाँले  २४ हजार ४ सय ५० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त भएको छ ।

राष्ट्रिय जनता पार्टीका रामकिशोर प्रसाद यादव २० हजार १ सय ४४ मत सहित तेस्रो स्थानमा  हुनुभयोको हो चौधरी  २०६४ सालमा संविधानसभा चुनावमा बाराको क्षेत्र नम्वर ५ बाट विजयी हुनुभएको थियो ।

चौधरी २०५९ सालमा कृषी तथा सहकारी सहायकमन्त्री र २०६४ सालमा स्वास्थ्यमन्त्री हुनुभएको थियो । उहाँ अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य र अनुशासन समितिका सदस्य हुनुहुन्छ ।