श्रीकान्त गुप्ता 
पर्षा , असोज ०४ – तेश्रो स्थानीय तहको निर्वाचनको मतगणना गर्ने क्रम आज दोश्रो दिन पानी जारी रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको जानकारी अनुसार मतगणनाको मध्यराती देखि दोश्रो दिनको बिहान सम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई २७३ मतले राष्ट्रिय जनता पार्टी (राजपा)ले पछाडी पारेको छ ।
निर्वाचन आयोग द्वारा उपलब्ध गराइएको जानकारी अनुसार अहिले सम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३ ३०, ३१ र ३२ मा कुल ३५१२ मतगणना भएको छ जसमा राजपाबाट राजेशमान सिंहले प्रमुख पदमा १२३९ प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएका छन् ।

राजपालाई पछ्याउदै नेपाली कांग्रेसको तर्फा बाट प्रमुख पदमा अजय द्विवेदी ९६६ मतका साथ् दोश्रो स्थानमा रहेका छन् ।

अर्कोतिर संघीय समाजवादी फोरम नेपालले तेस्रो स्थानमा आफ्नो वर्चस्व कायम राहेको छ । फोरम नेपालको तर्फाबाट प्रमुख पदमा विजय कुमार सरावगीले ४७६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्र प्रमुख रह्बर अन्सारी ४०९ मतका साथ सरावगीलाइ कडा प्रतिस्पर्धा दिदै चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी ३२५ मतका साथ् नेकपा एमालेका बसरुद्दीन अन्सारी पाँचौ स्थानमा छन् भने २५३ मत प्राप्त गर्दै फोरम लोकतान्त्रिकका विमल श्रीवास्तव अन्तिम स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।