काठमाडौं - सावन -२२ -श्रीकान्त गुप्ता - नेपाल सरकारले मधेमा सार्वजनिक विदा दिएको छ । आईतवार साझां गृहमन्त्रालयले रक्षाबन्धन लागि मधेश जिल्लामा सार्वजनिक बिदा दिइएको जनकारी गराएकोछ।
दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन नजिकिदै जाँदा सत्तारुढ दलका नेताहरुले पनि रक्षा बन्धनका लागि मधेशमा सार्वजनिक विदा दिन दबाब दिएका थिए
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार मधेशका २० जिल्लामा रक्षाबन्धन पर्व साउन २३ गते सोमबार मनाइने भएकोले सार्वजनिक विदा दिने भनी नेपाल सरकारले निर्णय गरेको उल्लेख छ।
सार्वजनिक विदा हुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर, उदयपुर रहेका छन्।
अरु जिल्लामा भने पञ्चाङ्ग समितिको निर्णय भन्दै नागपञ्चमिको दिन नै जनै फेर्ने र रक्षाबन्धन लगाउने काम गरिएको थियो। सोमबार चन्द्र ग्रहण परेको भन्दै पन्चमीको दिन रक्षाबन्धन मनाउन लगाइएको थिए
त्यस्तै राष्टिय जनता पार्टी नेपालले पनि प्रेस विज्ञप्ती जारी गरी विदाको माग गरेको थियो ।
0 Comments