दुइ दिन देखि को अत्याधिक वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि जल मग्न भएको छ। गृहमंत्रालय का शनिबार बिहान सम्मको बिबरन अनुसार २३ जना को ज्यान गएको छ भने ४ जाना बेपता भएको छ।बाढी का कारन महागढीमाई न. पा. १ का ३०० घर डुबेको छ। दुइ दिन देखि लगातार पानी पर्दा र पासाहा नदी आफ्नो सिमा पर गर्दा गाउँमा पानी पसेको ले घर डुबेको स्थानीय ले जनाएको छ।
अबिरल बर्षा का करन झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट,बारा पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहमंत्रालय ले जनाएको छ ।बाढी का कारन महागढीमाई न. पा. १,बारा मा ३०० घर डुबेको छ। दुइ दिन देखि लगातार पानी पर्दा र पासाहा नदी आफ्नो सिमा पर गर्दा गाउँमा पानी पसेको ले घर डुबेको स्थानीय ले जनाएको छ। दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।पासाहा नदीको किनार मा रहेको महागढीमाई नपा -१, बारा का रामजी राम को घर मा भत्केको पीड़ित ले जनाएको छ। पसाहा नदी को किनार को बिजली को पोल ढल्दा महागढीमाई न.पा. को बिधुत आपूर्ति बंद भएको छ।
मौैसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज शनिबार,मौसम बदली भई देशैभर वर्षा हुने जनाएको छ।
सरकारले सतर्क रहन सबैलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो।


0 Comments