काठमाडौं - २९ -  संसद् विकास समितिले प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले बैंक नहुँदा स्थानीय तहमा काम गर्न समस्या भएको छ। भन्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बैंक स्थापनाको ब्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो

स्थानीय तहको काम कारवाहीलाई थप प्रभावकारी बनाउन हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंकको स्थापना आगामी २ महिनाभित्र गराउन समितिले निर्देशन दिएको हो । सात सय चौबालिस स्थानीय तहमध्ये ३ सय ९२ मा मात्रै बैंकहरु रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ