बारा - जेष्ठ - २२ - श्रीकान्त गुप्ता
राष्ट्रिय जनता पार्टीको बृहत पार्टी प्रवेश तथा विशाल बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले , राप्रपा, फोरम नेपाल, पार्टीबाट हजारो जनताले परित्याग गरि राष्ट्रिय जनता पार्टीमा प्रबेश गरेकाछन ।
महागढीमाई नगरपालिका बरियारपुरमा भएको विशाल कार्यक्रममा जब सम्म मधेसको माग पूरा हुदैन तब सम्म मधेस आन्दोलन जारी रहन्छ। हाम्रा पुर्बाहरुले कांग्रेस एमाले राप्रपा पार्टी गुलामी गर्यो त्यसको परिणाम मधेशी जनता बेरोजगार पहाडी जनता रोजगारमाछा आज सम्म तराई मधेसका जनता ठूलो पदको क्रमचारी बनन नसकेको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले भने तराई मधेसमा रहेका एमाले कांग्रेस पार्टीमा लागेका नेताहरुलाई आफ्नो पार्टीमा समाबेश हुनाको लागि ठाकुरले आग्रह गरे
त्यसतै मधेसी सहिदको अगाडी आत्माको सुख शान्तिको कामना गर्दै महेन्द्र रायले भने महन्त ठाकुरलाई कांग्रेसमा ध्रमपुत्रको रुपमा चिनेर सम्मानित गरिन्थ्यो तर पनि मधेसको अधिकारको पार्टी परित्याग गरि मधेस पार्टीमा लाग्नु भयो । तर आज मधेसमा कांग्रेस एमाले राप्रपाका पार्टीमा रहेका मधेसी नेतालाई के समान दिएकोछ।? पहाडी झण्डा बोकेर मधेसको माग पूरा हुन्छ। ? पहाड्मा पहाडीहरुले कति मधेस पार्टीलाई जितायकोछ।? हामी मधेसी किन पहाडी पार्टीलाई जिताउने ? भारतको अजादी नबे वर्षमा आदिवासी जनजाति दलित मुस्लिमबाट भएको थियो मधेसीको मागको लागि आदिवासी जनजाती दलितले मुस्लिम जब सम्म एक जुट हुदैन तब सम्म मधेसको माग पूरा हुदैन रायले बताए ।
पार्टी प्रवेश कार्यक्रममा गढीमाई मंन्दिरको संचालन समिति अध्यक्ष रामचन्द्र साह तेलीको साथमा पाँच सय भन्दा बढी राजपा पार्टीमा प्रबेश , प्रेम साह कलवार , नरेश जैसवाल , पनालाल साह मुखिया , झगरु महतो मुखिया, हाकम मिया , रोसन मिया , असनरायण महतो, रामचलितर कुशवहा , विश्वनाथ कुशवहा , बिरेन्द्र चौरसिया , पुरन साह , रामप्रबेश कुशवहा , जनक कुशवहा , गणेश बैठा , त्यस्तै सिमरौनगढ नगरपालिकाबाट सरोज यादवको साथमा आएका जनता दुई सय भन्दा बढी राजपा पार्टीमा प्रबेश गर्नुभएकोछ
0 Comments