नुवाकोट - जेष्ठ - २१ नुवाकोटको दुई सय म्यादी प्रहरीले राजीनामा दिएर घर लागेका छ्न
तराई जिल्लाको स्थानीय तह निर्वाचनमा खट्ने बेला भएपछि नुवाकोट जिल्लामा भर्ना भएका म्यादी प्रहरीले राजीना दिएर घर गएका छ्न। तराई जिल्लामा हुने निर्वाचनमा जान नसकिने भन्दै राजीनामा दिएका हुन् । ‘जागिर नखानेभन्दै धमाधम राजिनामा दिएर गए,’ जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले भने ।
जिल्लामा ७ सय ७२ जना म्यादी प्रहरी भर्ना भएका थिए । भर्ना भएका म्यादी प्रहरीलाई गत बुधबारदेखि २० दिन म्याद थपेर निर्वाचनका लागि खटाउन तराई पठाउने तयारी भएको थियो ।
0 Comments