जेष्ठ - २९ -  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारीले मा ओबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

साेमबारको दिन  वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर पार्टीमा गराए  ।

अन्सारी सँगै राजपा, कांग्रेस तथा अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन  पार्टी श्रोतका अनुसार मेडिकल कलेजका एमडी अन्सारी एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा लड्ने सर्तमा पार्टी प्रवेश गरेकाे हुन् ।