शिक्षक राजकुमार कुशवहा महा गढिमाई बरियारपुर -१
सरकारी बिधालयको तुलनामा निजि बिधालय तर्फ अभिभावक तथा बिद्यार्थीहरुको ध्यान बढी आकर्षित हुन थालेका छन के सरकारी शिक्षकहरु निजि बिधालयको तुलनामा कमजोर छन ? समयको माग अनुसार शिक्षा दिन सक्दैन ? अभिभावकको अंग्रेजी शिक्षाको माग पुरा गर्न सक्दैन ? यसको लागि कुन निकायलाई दोषी ठहराउने हाम्रा देश नेपालको पहाडी भेगको सरकारी बिधालयहरुमा अंग्रेजी मेडियमा पठन पाठन गरिदैछ। तर मधेसका बिधालयहरुमा अहिले सम्म अंग्रेज मेडियमा पठन पाठन लागु भएको छैन।
मधेसी अभिभावकहरुले सरकारी बिधालयहरुमा अंग्रेज  मेडियमा पठन पाठनको माग गरेमा हुन सकिन्छ। तर मधेसी समाजका अभिभावकले आज सम्म कुनै बिधालयमा अंग्रेजी मिडियमको लागिआवाज उठाउनु भएको छैन तर मधेसी अभिभावकले सरकारी निकायलाई आरोप लगाउने गरिन्छ।  
          
वास्तवमा सरकारी शिक्षक दोषी  छ ? भने के कारणले दोषी छ ? कसको कारणले दोषी छ ? यदि निजि बिधालयका शिक्षक भन्दा कमजोर छ भने स्थानिय अभिभावकले आवाज उठाउनु पर्छ। किन भने निजि बिधालय भन्दा सरकारी विधालयमा शिक्षकको तलब सुबिधा बाढी रहेको छ। तर पनि निजि विधालय भन्दा न्यून उपलब्धी किन सरकारी विधालयको रहेको छ ?  वास्तवमा सरकारको लगानी बालुवामा पानी खनाए नै खेर गरेको जस्तो लागेकोछ।अहिलेको अवस्थामा सरकारी बिधालयले उत्पादन गरेको जुन जनशक्ति रहेको छ। जुन  बजारमा नचल्ने खोटो सिक्का जस्तै रहेका छन यस्ता खोटो सिक्का उत्पादन गर्नमा हामी मधेसका सम्पूर्ण  अभिभावक  शिक्षक र स्थानिय राजनीतिक कर्मीहरु  दोषी रहेकोछ।

मधेस भेगको शिक्षाको अवस्था यस्तै रहेकोे हो  शिक्षकले आफ्नो जिम्मेवारीबाट पन्छिरहन्छ। शिक्षकले  विधालय गएर हाजरी गर्ने समयमा तलब तथा सुबिधा प्राप्त गर्न मात्र आफ्नो कर्तव्य  रहेको बुझिन्छ। सरकारले देशमा अंग्रेजी मेडियमा पठन पाठन अनिवार्यरुपले सबै सरकारी बिधालयमा लागु गर्नु पर्छ।