काठमाडौं- चैत -१०, नेपाल सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा  ७५ हजार जनालाई भर्ना लिने भएको छ ।

म्यादी प्रहरीको लागि प्रहरीको मानव श्रोत विभागले विहिबार साँझ सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिएको हो।

म्यादी प्रहरीले ५५ दिनको नियुक्ति पाउने गरि नेपाल प्रहरीका जवानसरह तलबसुविधा पाउने छ्न। १८ वर्ष पुगेका ५३ वर्ष ननाघेका हदम्याद म्यादी प्रहरीको लागि तोकिएको छ ।

विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका,  पूर्ब सेनामा काम गरेका , वनरक्षक, र प्राईबेट कम्पनीमा काम गरेकोलाई  म्यादी प्रहरी छ्नोट्मा  प्राथिमकतामा दिनेछ।फार्म दर्खास्त जिल्ला प्रहरी कार्यालयमा दिन सक्नेछ।