काठमाण्डौ- चैत  ६ -  श्रीकान्त गुप्ता -  देशको राप्रपा पार्टीले ९ जिल्लामा स्थानीय चुनाव लड्न नपाउने भएको छ ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समय दिएको थियो  ९ जल्लामा राप्रपाको  दल दर्ता नभएको पाइएको छ ।
मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा राप्रपाको निर्वाचन आयोगमा स्थानीय चुनाव लडन दर्ता गराउनु भएको छैन ।
महाधिवेशनका कारणले दल दर्ता गर्न छुटेको प्रवक्ता सुशील श्रेष्ठ बताउँछन यस्तै  कांग्रेसले पनि निर्वाचन आयोगले तोकेको समय भित्र
डोल्पामा आफ्नो दलको दर्ता गराउनसक्नु भएको छैन
आयोगले दिएको समय सकिएपछि कांग्रेसले दल दर्ता गर्न छुटेको भन्दै निवेदन पनि दिनु भएको  थियो तर आयोगले समय सकिसकेको हुनाले दल दर्ता नगर्ने निर्णय गरेको छ ।
अब दल दर्ता नभएका जिल्लाहरुमा कांग्रेस र
राप्रपाले चुनाव लड्न नपाउने निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मा बताउँछन्।