काठमाडौं फागुन ३०, श्रीकान्त गुप्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
स्वास्थ्य मन्त्री गगन थापालाई फिर्ता बोलाउने तयारी गरे पछि काग्रेस पार्टीमा हल्लीखल्ली मच्चिएको छ ।
संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई सरकरमा सहभागी गराउनका लागि गगन थापालाई फिर्ता बोलाउने देउवाले तयारी थाले पछि कांग्रेसी पार्टीमा असन्तृष्टी चुलिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा कांग्रेसको तर्फबाट सहभागी भएका स्वास्थ मन्त्री थापालाई फिर्ता बिलाएर सो मन्त्रालय गच्छदारलाई जिम्मा लगाउने तयारी गरेका स्रोतले बताए ।
अध्यक्ष विजयकुमार गच्छदारको माग भौतिक पुर्वाधार र स्वास्थ्य गरी दुई मन्त्रालय माग रहेका छन् । उनको माग अनुसार भौतिक पुर्वाधार दिन देउवा तयार नभएपछि उनलाई उपप्रधानमन्त्री सहित सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका हुन। गच्छदारले स्वास्थ मन्त्रालय पार्टीका महासचिव रामजनम चौधरीका लागि माग गरेका हुन
0 Comments